
काठमाडौँ — सरकारले अब प्रत्येक वर्ष भदौ २३ गते जेन–जी शहीद दिवस मनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिंहदरबारमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा सूचना–प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिएका छन्।
बैठकले शहीदका आश्रित—आमा–बाबु, पति–पत्नी र छोराछोरीलाई शहीद परिवार परिचयपत्र दिने निर्णय पनि गरेको छ। अर्को निर्णयअनुसार माघ १ गतेदेखि ५ लाख रुपैयाँभन्दा बढी कारोबार बैंक तथा वित्तीय संस्थामार्फत मात्र गर्न पाइनेछ।
बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा कुमार शर्मा आचार्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे