
काठमाडौँ, २४ बैशाख । संचार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लामो इतिहास बोकेको गोरखापत्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने बताएकी छन् । सोमबार गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले गोरखापत्र सरकार र जनताबिचको पुल बन्नुपर्ने बताएकी हुन् ।
नेपालकै पहिलो समाचार पत्रिका गोरखापत्रले प्रकाशन गर्ने समाचार सामग्रीमा सुधार गर्नुका साथै कागजको गुणस्तरमा पनि सुधार गर्नुपर्नेमा जोड दिइन् । जनशक्ति प्रविधि र व्यवस्थापनमा सुधार गर्दै गोरखापत्र र यसका प्रकाशनलाई अव्बल बनाउनु पर्ने उनको भनाइ छ । मन्त्री शर्माले भनिन् , ‘‘गोरखापत्रको विरासत सबैलाई थाहा छ । गोरखापत्र पत्रिका प्रकाशन भएर पत्रकारितामा जग हालेको दिन हो । आजको दिनमा हामी लोकतन्त्र, गणतन्त्र र समावेशिताको युगमा छौँ । गोरखापत्रले सरकारको आधिकारिक सूचनासँगै सरकार र जनताबिचको पुलको रुपमा काम गर्नुपर्छ ।’’
कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रवन्धकले गोरखापत्रको राज्यधर्म, नागरिक धर्म र बजारधर्म पालना गर्दै अघि बढेको यसैगरी पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत लगायतले पत्रकारितको जग बसाल्ने ऐतिहासिक पत्रिकाको गोरखापत्रको योगदानको चर्चा गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे