
काठमाडौँ, असार २७ — सरकार र सुनचाँदी व्यवसायीहरूबीच पाँच बुँदामा सहमति भएपछि लगभग एक महिनादेखि चलेको आन्दोलन स्थगित भएको छ। यसअनुसार शुक्रबारदेखि पसलहरू नियमित खुल्नेछन्।
सहमतिका अनुसार, कर र भ्याट बढाइएको विषयमा अध्ययन गर्न कार्यदल बनाइनेछ। यसले प्रतिवेदन पेश नगरेसम्म नयाँ कर लागू हुनेछैन। साथै, व्यवसायीहरूको माग पूरा गर्न अर्को कार्यदल गठन गरिनेछ, जसको सचिवालय अर्थ मन्त्रालयमै रहनेछ।
सरकारले बजेटमा सुनमा २% बिलासिता कर र हीराजडित गहनामा १३% भ्याट लगाएको थियो। यसले गहना महँगो हुने र व्यवसाय गर्न गाह्रो हुने भन्दै व्यवसायीहरूले पसल बन्द गरेर विरोध गरेका थिए।
सम्झौतामा सुनचाँदीको बिक्री, स्थानीय उत्पादनको प्रवर्द्धन, बैंकबाट सुन उपलब्ध गराउने र आयात-वितरणका नियम सुधार्ने जस्ता बुँदाहरू समावेश छन्।
यसमा अर्थ मन्त्रालय, राजस्व विभाग, नेपाल राष्ट्र बैंक र सुनचाँदी व्यवसायी संघका प्रतिनिधिहरू सहभागी भएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे