
काठमाडौँ ।आज पनि सुनको मूल्यमा लगातार गिरावट आएको छ। गत आइतबार प्रतितोला ११ हजार ६०० ले घट्दै दुई लाख ४१ हजार नौ सयमा पुगेको सुन सोमबार फेरि दुई हजारले घटेर दुई लाख ३९ हजार नौ सयमा झर्यो। मंगलबार पुनः प्रतितोला दुई हजार नौ सयले घटेपछि मूल्य दुई लाख ३७ हजार कायम भएको थियो। बुधबार पनि सात सय घट्दै सुनको मूल्य दुई लाख ३६ हजार तीन सय रुपियाँमा झरेको छ।
यता, चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला दुई हजार ९२० मा कारोबार भएको चाँदी आज बढेर दुई हजार ९६५ पुगेको हो।
अन्तर्राष्ट्रिय बजारमा हाल सुन प्रतिऔंस करिब तीन हजार ९६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे