
काठमाडौँ — आज (बुधबार) पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ।
यसअघि सोमबार सुन प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज तोलामा ९ सय रुपैयाँले वृद्धि भएसँगै सुनको मूल्य हालसम्मकै उच्च तहमा पुगेको हो।
यसअघि आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ३ सय रुपैयाँ थियो भने त्यसको अघिल्लो दिन २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार बढ्दै जाँदा उपभोक्तामा चासो बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे