
काठमाडौँ । आज स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। पछिल्ला दुई दिनदेखि सुनको भाउ बढ्दै जाँदा चाँदीको मूल्य पनि साथ–साथै उकालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ। यससँगै सुनको भाउ प्रतितोला २ हजार ८०० रुपैयाँले बढेको हो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। शुक्रबार प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर प्रतितोला ४ हजार ९९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे