
काठमाडौँ । पछिल्ला दिनहरूमा स्थानीय बजारमा सुन र चाँदीको मूल्य लगातार बढ्दै गएको छ। आइतबार पनि मूल्यमा वृद्धि भएको छ। शुक्रबार सुनको मूल्य २ लाख ६९ हजार ३ सय रुपैयाँ थियो भने आइतबार यो बढेर २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेको छ, जसमा करिब १ हजार ३ सय रुपैयाँको वृद्धि भएको हो।
चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदीको मूल्यभन्दा आइतबार २ सय ७० रुपैयाँ बढी भई ४ हजार ८ सय ३५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे