
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ । यो कीर्तिमानी मूल्य हो ।
आज एकैदिन सुन प्रतितोला ९ हजार २ सय रुपैयाँ बढेको हो । हिजो दिन प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यता चाँदीको भाउले तोलामा ६ हजार नाघेको छ । हिजो चाँदी ५ हजार ८७० रुपैयाँमा कारोबार भएको चाँदी आज ३२० रुपैयाँले बढेर प्रतितोला ६ हजार १९० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे