
काठमाडौँ । आज बुधबार एकैदिन सुनको मूल्य निकै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १० हजार ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको भाउ पनि बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो। मंगलबार प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ९२० रुपैयाँ पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे