
काठमाडौं । आज सुनको भाउ एकैदिन धेरै बढेको छ। बुधबार सुन प्रतितोला ७,४०० रुपैयाँले बढेर २ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो भने सुन २ लाख ९० हजार २ सय रुपैयाँमा किनबेच भइरहेको थियो।
पछिल्लो एक हप्तामा मात्र सुनको भाउ करिब ९,१०० रुपैयाँले बढेको छ, जसले गर्दा बजारमा सुन निकै महँगो बनेको छ।
त्यस्तै, चाँदीको भाउ पनि बढेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ। हिजो चाँदी ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो।
समग्रमा, अहिले सुन र चाँदी दुवैको मूल्य लगातार बढिरहेको देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे