
काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको भाउ बढेको छ। आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख १० हजार ३ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार ५ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। चाँदीको भाउ एकै दिनमा प्रतितोला ३ सय ७५ रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको असरका कारण पछिल्ला दिनमा सुनचाँदीको मूल्य लगातार उतारचढाव भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे