
काठमाडौँ । सुनको मूल्यमा लगातार वृद्धि हुन थालेको छ । आज मंगलबार सुन प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ लाख ४६ हजार ४ सय रूपैयाँमा रहेको छ । आइतबार, सोमबार र मंगलबार दुई दिनमा सुनको मूल्य तोलामा ८ हजार रुपैयाँले बढेको हो । आइतबार छापावाला सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
याता चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले मूल्य बढेर चाँदी तीन हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रूपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे