
काठमाडौँ , १८ भदौ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ रहेको छ । मंगलबारको तुलनामा सुनको यो मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । यो मूल्य हालसम्मकै उच्च हो। यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख ५ हजार ९०० रुपैयाँ रहेको थियो ।
यता आज ( बुधबार) चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ४८५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर २ हजार ४८० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे