
काठमाडौँ — सुनको मूल्यले आज (शुक्रबार ) नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १२ सय रुपैयाँले सुन बढेको हो ।
त्यस्तै , चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो। अघिल्लो दिन २ हजार ३ सय ५५ रुपैयाँ रहेको चाँदी आज २ हजार ३ सय ६० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे