
काठमाडौँ , २ फागुन । आज नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ४००ले बढेको छ । बिहीबार प्रतितोला सुनको मूल्य एक लाख ६९ हजार आठ सय रूपैयाँमा रहेको थियो भने आज त्यसको मूल्य एक लाख ७० हजार दुई सय रूपैयाँ निर्धारण भएको छ।
आज स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५ ले बढेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे