
काठमाडौँ – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँ थियो। तर बिहीबार सो मूल्य घटेर २ हजार ४०० रुपैयाँले घट्दै १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला २ हजार ३५० रुपैयाँ रहेको चाँदी बिहीबार १५ रुपैयाँले घटेर २ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे