
काठमाडौँ , ४ माघ । आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा दुई हजार सात सय रूपैयाँ घटेको हो। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै ,चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा रहेकोमा आज एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंहले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे