
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य भने सामान्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रुपैयाँ पुगेको छ। यसअघि सोमबार सुनको मूल्य तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यसैगरी, चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले बढेर ४ हजार ८ सय ८५ रुपैयाँ पुगेको छ। सोमबार चाँदी तोलाको मूल्य ४ हजार ८ सय ६० रुपैयाँ थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे