
काठमाडौ । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार पाँच सय रूपैयाँ रहेकोमा आज एक हजार पाँच सय रूपैयाँ घटेको हो। यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे