
काठमाडौँ, १९ माघ । नेपाली बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बुधबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँ पुगेको हो।
त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे