
काठमाडौँ, माघ १ । आज आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला एक लाख ४ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, महासंघका अनुसार चाँदी प्रतितोला १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको छ ।
महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे