
काठमाडौँ । सुन चाँदीको मूल्यले आज फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ रहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १८०० रुपैयाँ बढी हो । हिजो सोमबार सुनको मूल्य प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता , चाँदीको भाउ प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ । हिजो प्रतितोला ५ हजार १९५ रुपैयाँ रहेको चाँदी आज १४५ रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँ पुगेको हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे