
काठमाडौँ ।आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबारको तुलनामा आज एकै दिन तोलामा ३ हजार रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको मूल्यमा पनि रेकर्ड बनेको छ । आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँ बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला दुई हजार चार सय २५ रुपैयाँ रहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । गत शुक्रबार चाँदीको मूल्य प्रतितोला दुई हजार तीन सय ६० रुपैयाँ रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे