
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ३,६०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा आएको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य ४,९४५ रुपैयाँ प्रतितोला रहेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे