
काठमाडौँ, १० भाद्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल निर्वाचन आयोग बिरुद्ध अदालत जाने भएको छ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्चाल ट्वीटर मार्फत उक्त कुरा बताएका हुन्। निर्वाचन आयोगले वदनियतपुर्ण ढंगले चुनाव चिन्ह ‘गाई’ नदिएको भन्दै राप्रपा नेपाल अदालत जान लागेको हो।
‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो। राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ। आयोगको स्वेच्छारीता विरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे