
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई शेयर धितोमा द्रुत कर्जा उपलब्ध गराउने योजना ल्याएको छ।ग्लोबल आइएमई बैंकले शेयर धितोमा कर्जा लिन इच्छुक ग्राहकका लागि ‘फ्ल्यास लोन’ सेवा सुरु गरेको जनाएको छ। बैंकले “फ्ल्यास” नामक यो कर्जा योजनाअन्तर्गत प्रतिस्पर्धात्मक ब्याजदरमा रु. ५ लाखदेखि रु. २५ लाखसम्मको कर्जा उपलब्ध गराउने जनाएको छ।
यस योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूको कर्जा आवेदनको स्वीकृति सोही दिनमै दिने व्यवस्था गरेको छ। बैंकले प्राकृतिक व्यक्तिहरूले आफ्नो नाममा रहेको योग्य शेयरलाई धितो राखेर यो कर्जा सुविधा लिन सक्ने जनाएको छ।
बैंकले यो सेवामार्फत ग्राहकहरूले जुनसुकै समय र स्थानबाट कर्जा आवेदन दिन सक्ने सुविधा प्रदान गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे