
काठमाडौँ । ग्लोबल आइएमई बैंकले लगानीकर्ताका लागि नगद लाभांश घोषणा गरेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो।
बैंकको सञ्चालक समितिको असोज २५ गते बसेको बैठकले सो प्रस्ताव पारित गरेको हो। लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदन आवश्यक हुने बैंकले जनाएको छ।
स्वीकृति प्रक्रियापछि लगानीकर्ताले तोकिएको दरमा नगद लाभांश प्राप्त गर्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे