
काठमाडौं , २२ जेठ। नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संयमता गुमाउँदै गएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै नेता भट्टराईले काठमाडौँ महा नगरप्रमुख शाहले राजनीतिक व्यवस्था परिवर्तनको संवाहक राजनीतिक दलका नेताहरुको जेल जीवनको उपहास गरेकामा आपत्ति जनाएका छन् ।
उनले मेयर बालेन साहलाई उत्तेजना फैलाउने तथा उच्छृंखल गतिविधि गर्ने काम बन्द गर्न आग्रह गरे । उनले एमालेका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले काठमाडौँको फोहोर व्यवस्थापनमा सहयोग गरेको उल्लेख गर्दै काठमाडौँलाई अझ सुन्दर बनाउन एमालेको साथ रहेको र मिलेर काम गर्न आवश्यक रहेको उनले बताए ।
मेयर पद जितेपछि आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गराउँदै उनले भने, ‘तबलाको अर्थ करुणा, प्रेम, सद्भाव हो, तर काठमाडौंका प्रमुखले संयमता गुमाउँदै जानु भएको छ ।’ नेता भट्टराईले गिरिबन्धुको विषय लिएर हाम्रो पार्टी, पार्टी अध्यक्षमाथि नियोजित ढङ्गले आक्षेप लगाइएको समेत बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे