
काठमाडौँ, जेठ ३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-इस्टेटको जग्गा बिक्री कांग्रेसका पालामा नभइ एमालेको पालामा भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै उनले नेकपा एमालेको सरकारका पालामा गिरीबन्धुबारे निर्णय भएको बताएका हुन् ।
देउवाले भने , ‘ओलीजीले बोलेको भनेर बाहिर आएको छ। अदालतले फैसला गरेपछि गिरीबन्धु टि(इस्टेटको निर्णय कांग्रेसको पालामा भएको भनेर। आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ,’ देउवाले भने, ‘कहिले, कसको पालोमा भयो, के भयो भनिदिए भइहाल्यो नि ? त्यसकारण यस्तो कुरा उहाँ जस्तो नेताले भन्न सुहाउँदैन, आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति छ। अदालतले उहाँलाई भनेको छ, उहाँ के भन्नुहुन्छ भने कांग्रेसको पालामा भएको छ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे