• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१४ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१५ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१७ घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१७ घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१९ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१९ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१९ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१९ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

२0 घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

२0 घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

२0 घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

२0 घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
राससप्रकाशित मिति: २०७९ आश्विन १९, बुधबार (३ साल अघि)

घोराही–तुलसीपुर सडक चार वर्षमा १० प्रतिशतमात्र, चौथो पटक म्याद थपिँदै

  • 2,508 Views
  • दाङ । गत चैत ८ गते तुलसीपुरबाट घोराहीको गोग्लीतर्फ जाँदै गरेको ना६ख ११० नम्बरको तेल बोकेको ट्याङ्कर दुर्घटनामा प-यो । ट्याङ्कर दुर्घटना हुँदा आधा ट्याङ्कर डिजेल पोखिएको थियो । यसैगरी घोराही उपमहानगरपालिका–९ का ३२ वर्षीय गुरीलाल चौधरी घोराही तुलसीपुर सडकको कपासीबगीया नजिक गत माघ महिनामा मोटरसाइकल दुर्घटनामा परे ।

    तुलसीपुरबाट आइरहेको टिपरलाई साइड दिँदा दुर्घटना भएको चौधरीले बताए। उनको बायाँ हातमा गहिरो चोट लागेकाले तीन महिनाको उपचारपछि उनी निको भए । अहिले पनि सो ठाउँमा आउँदा सोही घटनाको याद आउँने उनको भनाइ थियो । यी घटना त प्रतिनिधिमूलक मात्रै हुन् । यस्ता थुप्रै घटना यो सडकखण्डमा भइसकेका छन् ।

    तुलसीपुर–घोराही जोड्ने फोर लेनको सडक विस्तार तथा निर्माणको कामले गति लिन नसक्दा थुप्रै यात्रुले सास्ती खेप्न बाध्य भएका हुनु । चार वर्ष पहिले सुरु भएको कामले अझैसम्म तीव्रता लिन सकेको छैन ।

    उक्त सडकखण्डमा पछिल्लो पटक श्रेष्ठ कम्पनीका रोशन श्रेष्ठले काम गरिरहनुभएको छ उनी पेटी ठेकेदारका रुपमा आएको सातौँ ठेकेदार छन् । गएको वैशाखदेखि काम सुरु गरेका श्रेष्ठको काम थालेको चार महिनासम्ममा चारै प्रतिशत मात्रै प्रगति देखिएको छ । उक्त सडक चार महिनामा चार प्रतिशत मात्रै प्रगति भएको देखिएको छ । यसअघिका ठेकेदारले छ प्रतिशतमात्रै काम गरेका थिए, अहिले श्रेष्ठ आएपछि थप चार प्रतिशत काम गरेर जम्मा १० प्रतिशत काम पूरा भएको छ । यो एकदमै न्यून प्रगति भएको प्रमुख बमको भनाइ छ ।

    “पछिल्लो ठेकेदारको काम गर्ने जुन गति छ, यो गतिप्रति हामी कति पनि सन्तुष्ट छैनौँ”, उनले भने, “काम देखेर ठेक्का तोड्ने कुरा पनि नभएको होइन, तर विभिन्न कानुनी अड्चन देखिन्छन् ।” कामको गति शून्य देखिएपछि जिल्लाका सरोकारवालाले पनि ठेक्का तोड्ने निर्णय गरिसकेका छन् ।

    प्रमुख जिल्ला अधिकारी हीरालल रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकारामख खड्का, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, जिल्ला प्रहरी प्रमुख, यातायात व्यवसायी, सम्बन्धित सरकारी कार्यालयका प्रमुखलगायतको सहभागितामा केही समय पहिले भएको बैठकले दसैँ अगाडि चारलेनको बीचमा वनाइएका खाल्डा पुर्नुपर्ने, डिसेम्बरसम्म ३० प्रतिशत काम सक्नुपर्ने, नसके ठेक्का रद्द गर्ने निर्णय गरिएकामा अहिले निर्माणको जिम्मा पाएको कम्पनीले सडकमा रहेका ठूला खाल्डाखुल्डी भने पुरेको छ ।

    चौथो पटक म्याद थपिँदै

    उक्त सडकका लागि २०७५ माघ १४ गते ठेक्का सम्झौता भएर माघ २८ गतेदेखि काम सुरु भएको थियो । सम्झौता भएको मितिले ३० महिनामा काम सक्नुपर्ने हो । विसं २०७८ जेठ ६ भित्र काम सक्नुपर्नेमा छ प्रतिशतभन्दा बढी प्रगति हुन नसकेकाले २०७८ साउन २७ गतेसम्म काम सक्ने गरी पहिलोपटक, २०७८ पुस २८ गते सक्ने गरी दोस्रो पटक म्याद थप भए पनि काम अघि बढ्न नसकेकाले तेस्रो पटक २०७९ वैशाख २९ गते सक्ने गरी म्याद थप गर्दा पनि सन्तोषजनक काम हुन सकेको छैन ।

    अब आउँदो डिसेम्बरमा ३० प्रतिशत काम हुन नसके त्यो ठेक्का नै रद्द गर्ने तयारी भएको छ । अहिले डिसेम्बरसम्म म्याद थप्नका लागि प्रक्रिया अघि बढेको छ । यो बीचमा विभिन्न सात ठेकेदारले काम गरे । सुरुमा अष्टभैरव निर्माण सेवाका अनुप पाण्डे त्यसपछि सुवास श्रेष्ठ, जनक डाँगी पुनः अनुप पाण्डे एकेन्द्र खड्का, विजय पाठकले पेटी ठेकेदारका रुपमा काम गरे ।

    उनीहरुले काम गर्न नसकेपछि अहिले रोशन श्रेष्ठले काम गरिरहेका छन् । यसको मुख्य ठेकेदार भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रोजेक्ट रहेको छ । सँगै काम सुरु गरिएको चन्द्रौडा–कृष्णनगर खण्डमा मा भने ८२ प्रतिशत प्रगति भएको छ ।

    कतै दुई लेन, कतै चार लेन

    यो सडकखण्डको नाम लमही–घोराही–तुलसीपुर चारलेन भए पनि घोराहीको बबई खोला पुलदेखि मात्रै चार लेनको काम हुने भएपनि घोराही–तुलसीपुर चार लेन भन्ने गरिन्छ । नेपाल सरकारले जम्मा लागतको भ्याटसहितको १३ प्रतिशत रकम भुक्तानी गर्ने गरी एक्जिम बैंक भारतले ऋण सहयोग गरेपछि घोराही तुलसीपुर सडक निर्माण कार्य सुरु भएको थियो ।

    बैंकको सर्तअनुसार भारतीय ठेकेदारले नेतृत्व गर्नुपर्ने, ५० प्रतिशत निर्माण सामग्री भारतबाटै ल्याउनुपर्ने भएकाले पनि काममा केही समस्या आउने गरेको आयोजना प्रमुख बमले बताए ।

    खासमा घोराही–तुलसीपुर सडकखण्ड २८ दशमलव ९१ किलोमिटर स्तरवृद्धि गर्नुपर्नेमा १४ दशमलव ४६ किलोमिटर चारलेन र १३ दशमलव ७३ किलोमिटर दुईलेनको वनाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

    बबईखोलादेखि घोराहीसम्म छ दशमलव ५३ किलोमिटरमा दुुईलेन र घोराहीदेखि थापा चोकसम्मको चार किलोमिटरमा चार लेन, थापाचोकदेखि नारायणपुुरसम्मको तीन दशमलव पाँच किलोमिटरमा दुई लेन र नारायपुरदेखि खैरासम्मको दुई दशमलव एक किलोमिटरमा चार लेनको सडक वनाउनुपर्ने उल्लेख छ ।

    त्यस्तै खैरादेखि दुधराससम्मको तीन दशमलव सात किलोमिटरमा दुई लेन र दुधरासदेखि तुलसीपुरसम्मको दुई दशमलव ३१ किलोमितरमा चार लेनको सडक वनाउनुपर्ने छ ।

    सबै ठाउँमा चार लेनकै सडक वनाउनका लागि आफूहरुले पहल गरे पनि त्यसले सार्थकता पाउन सकेको छैन । भारतको पनि अनुमति लिनुपर्ने र नेपालमा पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गर्नुपर्ने भएकाले झन्झटिलो र ५० प्रतिशत भेरियसन हुने भएकाले पनि त्यो प्रक्रिया अगाडि बढ्न नसकेको प्रमुख बलले बताए ।

    उनका अनसार दुई लेन भएको स्थानमा ११ मिटर सडक चौडा गरिने र त्यसमा सात मिटर सवारी साधन चलाउनका लागि र दुवैतिर दुई÷दुई मिटर यात्रु हिँड्नका लागि निर्माण फुटपाथ निर्माण गर्नुपर्ने व्यवस्था छ ।

    त्यस्तै चार लेन भएको सडक २१ मिटर चौडा गर्नुपर्ने र त्यसको दुबैतिर सातसात मिटर सडक सवारी साधन गुडाउनका लागि प्रयोग गरिने र बीचमा दुई मिटरको डिभाइडर राख्नुपर्ने र दुवैतिर दुई÷दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्ने योजनामा छ ।

    उक्त सडक मूल्य अभिवृद्धिकर (भ्याट) सहित एक करोड २१ लाख ८२ हजार तीन सय एक अमेरिकी डलर ९नेपालीमा रु एक अर्ब २३ करोड० मा निर्माण हुन लागेको हो ।

    सडक निर्माणमा कुनै अवरोध छैन

    सडक निर्माणका लागि सबै क्षेत्रबाट सहयोग भएको छ । अलि कति विद्युत्को समस्या देखिएपछि त्योबाहेक अन्य समस्या नभएको आयोजना प्रमुख बमले बताए । उनका अनुसार त्योबाहेक अरु समस्या केही छैन । काम गर्ने इच्छा भएमा कामले तीव्रता लिन सक्छ ।

    अहिले निर्माण कम्पनीसँग १६ हजार घनमिटर ग्राबेल स्टक छ । रुख कटान भइसकेको छ । वन कार्यालयलाई त्यो हस्तान्तरणमा भने समस्या भएको छ ।

    निर्माण कम्पनीका कन्ट्रयाक्ट म्यानेजर शेखर शर्माले ठूलो प्रोजक्ट भए पनि ५० भन्दा बढी कामदार नभएको बताउनुभयो । चार लेनका लागि हापुर, ग्वारखोला र सक्राम खोलाबाट सामग्री ल्याउन मिल्छ तर त्यहाँबाट ल्याउन नसकिएकाले समस्या भएको छ ।

    कहाँ राखियो काटिएका रुख

    उक्त सकडका लागि रुख काट्न जिल्ला वन कार्यालयले अनुमति दिएको थियो । सडक बीचमा पर्ने एकहजार दुईसय ७५ रुख काट्नुपर्ने भए पनि सात सय ९० रुख काटिसकिएको छ ।

    बाँकी चार सय ८५ रुख काट्न बाँकी छ तर काटिएको रुख अहिलेसम्म पनि हस्तान्तरण हुन सकेको छैन ।

    बाइस जनाको मृत्यु

    उक्त सडक निर्माणका क्रममा रहेका खाल्डाखुल्डीका कारण दुर्घटना पनि बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २२ जनाको मृत्यु भएकोे ६५ जना घाइते भएका थिए ।

    आर्थिक वर्ष २०७७÷०७८ मा २२ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकोे ३५ जना घाइते भएका थिए । त्यस्तै २०७८÷०७९ मा ३४ वटा दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको र ३९ जना घाइते भएका थिए । त्यस्तै चालु आर्थिक वर्षको पछिल्लो दुई महिनामा चार जना घाइते भएका छन् ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १४ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १५ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १७ घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १७ घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १९ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १९ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १९ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १९ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    २0 घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution