
काठमाडौं । प्रहरीले रबर बुलेट प्रहार गर्दा तीन जना जेनजी प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले कर्फ्यु आदेश कार्यान्वयन गर्न खोज्दा प्रदर्शनकारीहरूमाथि बल प्रयोग गरिएको हो।
प्रहरीका अनुसार घाइते भएका प्रदर्शनकारीलाई तत्कालै उद्धार गरी अस्पताल लगिएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको जानकारी दिइएको छ।
माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन बानेश्वर क्षेत्र प्रवेशसँगै निषेधित क्षेत्र तोड्ने प्रयास गरिएको थियो। प्रदर्शनकारीले संसद भवन परिसरभित्र प्रवेश गर्ने प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको हो।
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याससहित बल प्रयोग गर्नुपरेको जनाएको छ। प्रशासनले बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरी आवतजावतमा प्रतिबन्ध लगाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे