
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जेनजीको छलफल सोमबारका लागि सरेको छ । आज बिहान १० बजेका लागि तय भएको राष्ट्रपति पौडेल, प्रधानमन्त्री शुशीला कार्कीसहित जेनजीका प्रतिनिधिहरुबीच हुने भनिएको छलफल स्थगित भएको छ।
समूहले नारबाजी गरेपछि छलफल कार्यक्रम सोमबारका लागि सारिएको हो। जेनजीको केही समूहले आफूहरूलाई वार्तामा नबोलाएको भन्दै शीतल निवास अगाडि नाराबाजी गरेका थिए। नाराबाजीपछि छलफल कार्यक्रम सोमबार दिउँसोसम्मका लागि सारिएको बताइएको छ। अब यो वार्ता सोमबार अपराह्न ३ बजे हुने भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे