
भक्तपुरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गदै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने चरण सकिएको बताएका छन्। उनले स्थानीय तहमा आफ्नो दलबाट निर्वाचत जनप्रतिनिधिको कामको मूल्यांकन गर्न रिपोर्ट कार्डको व्यवस्था गर्ने बताएका छन् । महामन्त्री गगन थापाले भने ‘एक वर्षमा कामको मूल्यांकन गर्छौं । कामको आधारमा रिपोर्ट कार्ड बनाउँछौ’ ।
यो निर्वाचनबाट कांग्रेसको लोकप्रियता बढेको बताउँदै उनले सिट मात्रै नभइ मतदाताको संख्या समेत बढेको उल्लेख गरे।उनले अब र्निवाचन तयारी गर्न कांग्रेस लागि पर्नुपर्ने उल्लेख गर्दै यही ४-५ महिनाको बीचमा आगामी ५ वर्ष सरकार चलाउने जिम्मा कांग्रेसले पाउँदा राम्रो काम गरेर देखाउनेमा आफू विश्वसत रहेको समेत उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे