
काठमाडौं ।हालैका दिनमा जारी आन्दोलनप्रति युवापुस्ताको प्रतिनिधित्व गर्ने ‘जेन–जी’ समूह आक्रोशित देखिएको छ। उनीहरूले विवादित व्यवसायी दुर्गा प्रसाईं र रास्वपाका सभापति रवि लामिछानेले आन्दोलन ‘हाइज्याक’ गरेको गम्भीर आरोप लगाएका छन्।
एक भर्चुअल छलफलमा जेन–जीका प्रतिनिधिहरूले प्रसाईं र लामिछानेले आफ्नो बलिदानी र संघर्षको राजनीतिक लाभ लिन खोजेको भन्दै सचेत रहनुपर्ने चेतावनी दिएका छन्।
उनीहरूले आन्दोलनको सुरुआती मर्म र उद्देश्यलाई नै विकृत पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। छलफलमा सहभागी केही प्रतिनिधिहरूले प्रसाईं स्वयम् र लामिछानेका प्रतिनिधिहरू प्रधानसेनापतिसँग संवादमा रहेको दाबीसमेत गरेका छन्।
जेन–जी समूहले आन्दोलनमा पारदर्शिता र नेतृत्वको शुद्धता कायम राख्नुपर्नेमा जोड दिँदै, आफ्ना मुद्दा र आवाज बाहिरबाट नियन्त्रण हुने खतरा औंल्याएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे