
काठमान्डौ |राष्ट्रिय एकता अभियान पार्टीका संयोजक वामदेव गौतमले आफूविरुद्ध उभिएका ५ जनालाई पार्टीबाट निष्काशन गरेका छन् ।हस्ताक्षर गर्ने पाँचै जनालाई निष्काशन गरेको उनले बताए ।सचिवालय सदस्य युवराज सफलसहितका ५ जनाले विज्ञप्तीनै निकालेर राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने निर्णय गरेको थियो ।
गौतमलाई सांगठनिक अराजकता, निरंकुशत, तानाशाी शैली, चरम अवसरवादी चरित्र र अराजनीतिक व्यवहार प्रस्तुत गरेको आरोप लगाएका छन्।हिजोको सचिवालय बैठकमार्फत गौतमले उनीहरुविरुद्ध जवाफी कारबाही गरेर माफी माग्नुपर्ने निर्णय गरेका छन् ।
आफूलाई निष्काशनको निर्णय गर्नेले माफी मागेर यसअघिका क्रियाकलाप गलत भएको स्वीकारे कारबाहीका विषयमा पुनर्विचार गरिने पनि उनले बताए ।वामदेव गौतमले यही असार १४ गते नेकपा एकता राष्ट्रिय अभियान पार्टी घोषणा गरेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे