
काठमाडौँ, १३ भाद्र । गरिमा विकास बैंकले ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । यस मुद्धती योजना अनुसार ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा तेब्बर हुने बैकले जनाएको छ ।
बैंकले यो योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको छ ।
हाल, यस विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, यस विकास बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे