
काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका सदस्य चार्टर्ड एकाउण्टेन्टलाई विभिन्न कर्जा तथा वित्तीय सुविधा प्रदान गर्न सम्झौता सम्पन्न गरेको छ। सम्झौताअन्तर्गत नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका सदस्यले न्यूनतम आवश्यक कागजात पेश गरी रु. ७५ हजारदेखि रु. ५ लाखसम्मको क्रेडिट कार्ड सुविधा प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, आवश्यक प्रक्रिया पूरा गरेपछि सदस्यले बिना धितो रु. १५ लाखसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा लिन पाउने व्यवस्था गरिएको छ। बैंकले आकर्षक ब्याजदरमा घर कर्जा र सवारी साधन कर्जा सुविधा पनि उपलब्ध गराउने छ।
गरिमा विकास बैंकले पेशागत आवश्यकता अनुसार सदस्यलाई सजिलो, छिटो र पारदर्शी वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले यो सहकार्य गरेको जनाएको छ। बैंक र संघको सहकार्यले चार्टर्ड एकाउण्टेन्ट सदस्यलाई व्यक्तिगत, व्यावसायिक र दीर्घकालीन आवश्यकता पूरा गर्न थप सुविधा उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे