
काठमाडौँ, जेठ २८ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिन आज दिउँसो ३ बजे संसद् बैठक बोलाइएको छ । मुख्यमन्त्री पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्न गत शुक्रबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका थिए।पाण्डे नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
संविधानको धारा १६८ ९३० बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नका लागि उनलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । मुख्यमन्त्री पाण्डेले बहुमत प्राप्त गर्नका लागि ३१ सांसद आवश्यक पर्छ ।
अहिले संसदमा नेपाली काँग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपाका दुई, नेपाल समाजवादी पार्टीका एक र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे