
काठमाडौँ । आगामी फागुन २१ मा हुने निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार सिफारिस भएका छन्। क्षेत्रीय समिति बैठकले महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
निर्वाचनका लागि प्रत्यक्षतर्फ काठमाडौं ४ बाट थापाको मात्रै नाम सिफारिस भएको हो। महामन्त्री थापा काठमाडौं ४ बाट लगातार निर्वाचन जितिरहेका छन्। समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा सिफारिस भएको क्षेत्रीय समितिले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे