
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवारी दर्ता गरेपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र पुगेका छन्। भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा समेत चर्चा भएका थापा सोमबार मधेश प्रदेश पुगेका हुन्।
यसअघि उनले वारेसमार्फत उम्मेदवारी दर्ता गरेका थिए भने सर्लाही–४ का स्थानीय नेताहरूसँग काठमाडौंमै बसेर छलफल गर्दै आएका थिए। उम्मेदवार बनेपछि पहिलोपटक बाराको सिमरा विमानस्थल पुगेका थापालाई स्वागत गर्न सर्लाही, बारा र आसपासका तराईका जिल्लाबाट नेपाली कांग्रेसका ठूलो संख्यामा कार्यकर्ता पुगेका थिए। विमानस्थल क्षेत्रमा निकै उत्साह र चहलपहल देखिएको थियो।
सिमराबाट सर्लाहीतर्फ जाँदै गर्दा कार्यकर्ताहरूले नारा लगाउँदै थापाप्रति समर्थन जनाएका थिए। उनीहरूले “अबकी बार गगन सरकार” भन्दै आगामी निर्वाचनमा जितको आशा व्यक्त गरेका थिए। थापाले पनि कार्यकर्तालाई अभिवादन गर्दै धन्यवाद दिएका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे