
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आउने १५औं महाधिवेशनमा सभापति पदमा लड्ने औपचारिक घोषणा गरेका छन्। उनले एक टिभी अन्तर्वार्तामा पहिलोपटक सार्वजनिक रूपमा सभापति बन्न चाहने बताए।
पार्टीले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि उनले नयाँ नेतृत्वको आवश्यकता रहेको भन्दै आफू चुनावमा उत्रिने निर्णय गरेका हुन्। थापाले कांग्रेसलाई नयाँ सोच, नयाँ शैली र युवा ऊर्जा चाहिएको बताएका छन्।
उनले संगठन सुधार, आन्तरिक लोकतन्त्र बलियो बनाउने र युवालाई नेतृत्वमा ल्याउने लक्ष्य अघि सारे। प्रतिनिधिसभा चुनावमा कुन क्षेत्रबाट उठ्ने भन्ने भने उनले खुला राखेका छन्। थापाका अनुसार बालेन शाहलगायत नेतासँग मतभेद भए पनि संवाद र सहकार्यका ढोका सधैं खुला रहनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे