
काठमाण्डौ। नेपाल वायुसेवा निगमले २०८१ साल पौष मसान्तसम्म दुई न्यारोबडि र दुई वाइडबडि जहाजका लागि लिएको ऋण भुक्तानीमा प्रगति गरेको जनाएको छ। निगमले २०८१ पौष २९ गते दुई न्यारोबडि जहाजका किस्ताबापतको सम्पूर्ण र दुई वाइडबडि जहाजका किस्ताबापत आंशिक गरी कुल रु ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको जानकारी दिएको छ।
निगमका अनुसार वर्तमान नेतृत्वले कार्यभार सम्हालेयता २०८१ सालको पौष मसान्तसम्म जम्मा ६ अर्ब ८५ करोड ९५ लाख ५२ हजार ८१४ रुपैयाँ ऋण किस्ता भुक्तानी गरेको छ।
कोभिड-१९ महामारीको विश्वव्यापी प्रभावले व्यापारमा परेको नकारात्मक असरका कारण निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई सो अवधिको व्याज, व्याजको व्याज, हर्जाना तथा पेनल रकममा छुटको व्यवस्था गर्न र किस्ताको संख्या बढाई ऋण भुक्तानी सहज बनाउन अनुरोध पत्र पठाएको जनाएको छ। यस विषयमा दुवै कोषसँग छलफल जारी रहेको निगमले जानकारी गराएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे