
काठमाडौँ, १६ श्रावण ।भारतीय आयल कर्पोरेसन (आईओसी)बाट आज सोमबार नयाँ मूल्यसूची प्राप्त भएको छ ।नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १२ रूपैयाँ ४५ पैसा र डिजेल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको छ ।
यसअघि पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटसँग इन्धनको भाउ पनि घटेर आएको हो ।
यसअघि नेपाल आयल निगमले मुल्य घटेर आएपनि घाटा परिपुर्ति गर्न भन्दै पेट्रोलियम पदार्थको मुल्य घटाएको थिएन् ।आयल निगमले हाल पेट्रोल प्रतिलिटर १ सय ८१ रुपैया, डिजेल र मट्टितेल प्रतिलिटर १ सय ७२ रुपैया र एलपी ग्याँस प्रति सिलिण्डर १ हजार ८ सय रुपैया तोकेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे