
काठमाडौँ , भाद्र ३० | नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गरेको छ ।अब अवैध रुपमा भित्रिने मोबाइल सेटहरू दर्ता नगरी चलाउँन पाईने छैन ।
लामो समयको प्रयासपछि प्राधिकरणले डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस आजबाट लागू गरेको छ ।एमडीएमएसको औपचारिक सार्वजनिक दिउँसो सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गर्ने कार्यकम रहेको छ ।
गैरकानुनी रुपमा नेपाल भित्रिने मोबाइलहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा ल्याउँन लागेको हो ।अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्ने छ । दर्ता नभएका मोबाइल सेटहरु आजबाट चल्दैनन ।तर प्रणाली लागू हुनुभन्दा अघि चलनमा आएका मोबाइल भने कुनै समस्या आउँदैन ।
सर्वसाधारणले नयाँ मोबाइल सेट किन्दा एमडीएमएस प्रणालीमा दर्ता भए नभएको पक्का गरेर मात्रै किन्नुपर्ने पर्नेछ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे