
हाम्रो विद्यालय सुधारको राष्ट्रिय अभियानको शुभारम्भ सुनसरीको इटहरीमा भएको छ । सुनसरीको सामुदायिक विद्यालयका प्रधानाध्यापक र सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयको स्तरोन्नतिका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधि सभा सदस्य अम्बरबहादुर थापा र पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा सुनसरीका सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकले समर्पण गर्नुभएको थियो । नेपाल शिक्षक महासंघ र नेपाल सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको संयुक्त नेतृत्वमा विद्यालय व्यवस्थापन सुदृढ गर्ने उद्देश्यले ‘हामी हाम्रा विद्यालय सुधार गर्छौँ’ राष्ट्रिय अभियानले २५ बुदे संकल्प पत्र सार्वजनिक गरेको छ ।
सोही कार्यक्रममा सामुदायिक विद्यालयलाई बालबालिका र अभिभावकको आकर्षणको केन्द्र बनाउन आफु लागी परेको प्रतिनिधी सभा सदस्य तथा शिक्षा विज्ञान तथा प्रविधि समिती सभापती अम्बरबहादुर थापाले बताए ।
नेपाल शिक्षक महासंघकी अध्यक्ष, कमला तुलाधरले सम्पुर्ण संघर्षरत शिक्षक हरूलाई बालबालिकाको गुणस्तरीय शैक्षिक अधिकारमा केन्द्रत रहन आग्रह गर्दै आफु शिक्षक हरूको अधिकारका लागी नितीगत तहबाटै संघर्ष गर्ने बताइन्।
त्यस्तै कार्यक्रममा प्राध्यापक डाक्टर बिध्या नाथ कोइरालाले गुणस्तरीय शैक्षिक बातावरणका लागी यो छ यो छैन होईन, भएको श्रोत र साधनको अत्यधिक प्रयोग गरेर बालबालिकालाई गुणस्तरीय शैक्षिक बातावरण तर्जुमा गर्नु हालको आवश्यकता रहेको बताउनु भयो।
सो कार्यक्रममा सुनसरीका दुइ नमुना सामुदायिक विद्यालय जनता माध्यमिक विद्यालय इटहरी र पब्लीक हाइस्कुल धरानको सफलताको वृतचित्र प्रस्तुत गरिएको थियो । विद्यालयलाई सामाजिक रुपान्तरण र जागरणको केन्द्र बनाउन सबै एक हुनु पर्ने कार्यक्रममा सहभागीहरुले बताएका छन ।
हामी सुधार्छौं हाम्रो विद्यालय’ भन्ने मुल नारा बोकेर महासंघ अघि बढेको र सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार्न शिक्षक, विद्यार्थी, अविभावक, व्यवस्थापन समिति र नियामक निकाय सबैको सहकार्य आवश्यक रहेको सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष गुणराज मुक्तानले बताए ।
‘हामी सुधार्छौं हाम्रो विद्यालय’ राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र प्रधानाध्यापकद्वारा व्यक्त प्रतिबद्धता नेपाल शिक्षक महासंघ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले संयुक्त अगुवाईमा विद्यालयको व्यवस्थापन सुधार गर्ने उद्देश्यका साथ सुरुवात गरेको ‘हामी सुधार्छौं हाम्रो विद्यालय’ राष्ट्रिय अभियानको सन्दर्भमा सामुदायिक विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरु सुधार गर्न तथा बालबालिकाको मन र आभिभावकको विश्वास जित्ने विद्यालय बनाउन सामुहिक रुपमा संकल्प गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे