• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

७ घण्टा अघि
२

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

८ घण्टा अघि
३

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१0 घण्टा अघि
४

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१0 घण्टा अघि
५

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

१२ घण्टा अघि
६

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

१२ घण्टा अघि
७

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

१२ घण्टा अघि
८

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

१२ घण्टा अघि
९

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

१२ घण्टा अघि
१०

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

१३ घण्टा अघि
११

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

१३ घण्टा अघि
१२

वित्तीय कारोबारअघि सर्त बुझेर मात्र हस्ताक्षर गर्न राष्ट्र बैंकको आग्रह

१३ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
प्रकाशित मिति: २०८२ अषाढ ३२, बुधबार (७ महिना अघि)

मेलम्चीदेखि मधेससम्म: मन्त्री यादवको एक वर्षको कामको लेखाजोखा

  • 3,198 Views
  • काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालको एक वर्ष पुरा गर्दै मन्त्रालयले नीतिगत, कूटनीतिक तथा भौतिक पूर्वाधारका दृष्टिले उल्लेख्य प्रगति गरेको दाबी गरेका छन्। उनले गत वर्षको असार ३१ गते पदभार सम्हालेका थिए।

    मन्त्री यादवका अनुसार कार्यभार सम्हालेको तीन महिनाभित्रै असोज २२ गतेदेखि मेलम्चीको पानी पुनः आपूर्ति गराउँदै काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना स्वच्छ खानेपानी सेवा सुनिश्चित गरिएको छ। “यसका लागि म स्वयं मेलम्ची पुगेर जनप्रतिनिधि र संघर्ष समितिसँग संवाद गरी आपूर्तिलाई सुनिश्चित गरेँ,” उनले भने। हाल उपत्यकामा दैनिक छ करोड लिटरभन्दा बढी मेलम्ची पानी आपूर्ति भइरहेको उनले जनाएका छन्।

    खानेपानी मन्त्रालयले विगत एक वर्षमा संरचनागत सुधारमा पनि महत्वपूर्ण फड्को मारेको मन्त्री यादवको दाबी छ। काठमाडौँ बाहिर मेलम्ची पानी विस्तारका लागि पाँच प्याकेजमा खरिद प्रक्रिया थालिएको छ भने १५ वटा अस्थायी आयोजना स्थायी कार्यालयका रूपमा रूपान्तरण गरिएको छ।

    मन्त्रालयले २०७४ यता रोकिएको नेपाल खानेपानी संस्थान कर्मचारी पदपूर्ति प्रक्रिया पुनःसञ्चालनमा ल्याउँदै कर्मचारी विनियमावली २०८१ लागू गरेको छ। साथै भारत सरकारसँग द्विपक्षीय समझदारी, इसिमोडसँग प्रविधि हस्तान्तरण तथा अनुसन्धानसम्बन्धी समझदारी, र राष्ट्रसङ्घीय कार्यक्रममार्फत अन्तर्राष्ट्रिय वित्तपोषण प्रतिबद्धता प्रस्तुत गरिएको छ।

    मन्त्रालयका सचिव प्रमिला शाक्यका अनुसार झापा, पोखरा, धरान, वीरगञ्ज, बुटवल, कैलाली लगायतका सहरमा एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना अघि बढाइएको छ। साथै बाढी, पहिरोबाट क्षति पुगेका आयोजनाहरू पुनःसञ्चालनमा ल्याइएको छ।

    बारा, पर्सा लगायतका क्षेत्रका लागि दुई सय ५० भन्दा बढी डिप बोरिङ निर्माण गरिएको छ। वीरगञ्जको दीर्घकालीन समस्या समाधानका लागि चार अर्ब ५० करोड लागतमा एशियाली विकास बैंकको सहयोगमा आयोजना सञ्चालनमा आएको हो। तराई-मधेसका छ जिल्लाका लागि सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत दीर्घकालीन पूर्वाधार निर्माण अघि बढाइएको छ।

    सहसचिव तथा योजना महाशाखा प्रमुख कमलप्रसाद श्रेष्ठका अनुसार मन्त्रालयले सेवा प्रवाहलाई सुदृढ गर्दै दीर्घकालीन प्रणाली निर्माणमा विशेष प्राथमिकता दिएको छ।

    काठमाडौँको सुन्दरीजलमा २५.५ करोड लिटर क्षमताको प्रशोधन केन्द्रको खरिद प्रक्रिया अघि बढाइएको छ भने धोबीघाट, सल्लाघारी, कोड्कुमा ढल प्रशोधन केन्द्र पुनःनिर्माण भइरहेको छ। कीर्तिपुर र महाँकालचौरमा क्रमशः ६० लाख र ८० लाख लिटर क्षमताका ट्याङ्की बनाइएको छ।

    पछिल्लो एक वर्षमा राजधानी उपत्यकामा १७०० किलोमिटर नयाँ पाइपलाइन विस्तार गरिएको छ। स्वयम्भू, ताहाचल, बालुवाटार, मन्डिखाटार र चाबहिल क्षेत्रमा मात्र सात सय किलोमिटर पाइप विस्तार भएको छ।

    खानेपानी तथा ढल व्यवस्थापन विभाग प्रमुख रामकुमार श्रेष्ठका अनुसार देशभर ८६ वटा खानेपानी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने संघीय सरकारले २० नयाँ आयोजना सञ्चालनमा ल्याएको छ।

    मन्त्री यादवका अनुसार देशभरका ५२५ आयोजना बाढीपहिरोले प्रभावित भएका कारण ती पुनःस्थापनाको कार्यलाई प्राथमिकता दिइएको छ। यसले करिब १५ लाख नागरिक प्रत्यक्ष लाभान्वित हुने विश्वास मन्त्रालयले लिएको छ।

    याङ्ग्री र लार्के क्षेत्रमा मेलम्ची इन्टेक स्थान्तरका लागि परामर्शदाता छनोट प्रक्रिया चलिरहेको छ। सुन्दरीजलमा साढे आठ करोड लिटर क्षमताको नयाँ प्रशोधन केन्द्रको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

    काठमाडौँ उपत्यका बाहिर कीर्तिपुर, पेप्सीकोला, भक्तपुर, थिमी र बौद्ध क्षेत्रमा मेलम्ची पानी आपूर्तिको ठेक्का प्रक्रिया पनि अघि बढाइएको छ। पोखरा, विराटनगर, बेलडाँगी, वीरगञ्जलगायत क्षेत्रका हजारौं जनसंख्यालाई स्वच्छ पानी आपूर्ति गरिँदैछ।

    पोखरा खानेपानी सुधार आयोजना जापानी सहयोग नियोग (जाइका) को अनुदानमा सम्पन्न भइसकेको मन्त्रालयको भनाइ छ। मन्त्री यादवका अनुसार आगामी वर्ष थप संरचनागत सुधार, संस्थागत स्थायित्व र प्रविधि हस्तान्तरणमा जोड दिइनेछ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    ७ घण्टा अघि

  • २

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    ८ घण्टा अघि

  • ३

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १0 घण्टा अघि

  • ४

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १0 घण्टा अघि

  • ५

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    १२ घण्टा अघि

  • ६

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    १२ घण्टा अघि

  • ७

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    १२ घण्टा अघि

  • ८

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    १२ घण्टा अघि

  • ९

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    १२ घण्टा अघि

  • १०

    श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा
    १३ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    प्रतिनिधिसभा निर्वाचनका लागि मौन अवधि के के गर्न पाइँदैन ?

    नेपाल नक्सा
    २

    कालोसूचीमा राखिएका फर्म र अदालतको अन्तरिम आदेश

    नेपाल नक्सा
    ३

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    ४

    सार्क सांस्कृतिक केन्द्रमा उपनिर्देशक पदका लागि आवेदन आह्वान

    नेपाल नक्सा
    ५

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ६

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution