
काठमाडौँ , ३ माघ । राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको चार अध्यादेश बिहीबार राजपत्रमा प्रकाशित भएका छन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, निजीकरण ९पहिलो संशोधन० अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश सोमबार जारी गरेका थिए ।
यसैगरी, राष्ट्रपति पौडेलले भूमिसम्बन्धी अध्यादेश भने बुधबार जारी गर्नुभएको थियो भने उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएको छैन । गत पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले २९ वटा कानुन संशोधन गर्न पाँचवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे