
काठमाडौँ — धनुषाको वीरेन्द्र बजारमा यात्रुवाहक बस र अटो ठोक्किँदा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। शनिबार साँझ करिब ७ बजे विराटनगरबाट धनगढीतर्फ जाँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको अटोलाई ठक्कर दिएको हो।
दुर्घटनामा गणेशमान चारनाथ–१ का ४० वर्षीय धनबहादुर पूर्वछाने मगर, उनकी ३५ वर्षीया पत्नी निशा मगर, ३५ वर्षीय शम्भु पूर्वछाने मगर र ४० वर्षीय डम्बर राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले पुष्टि गरेको छ।
घाइतेमा धनबहादुरकी १४ वर्षीया छोरी सितल मगर र रमेश मगरका ९ वर्षे छोरा रोशन मगर रहेका छन्। उनीहरूको शरीरमा गम्भीर चोट लागेको छ। घाइतेलाई उपचारका लागि जनकपुरस्थित अस्पताल लगिएको थियो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे