
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणलाई चार उद्योगले प्रिमियम महसुलको बक्यौतामध्ये पहिलो किस्ता रकम बुझाएका छन्। रुपन्देहीमा सञ्चालित यी उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेको अवधिको बक्यौता तिरेका हुन्। सोमबार भैरहवा क्षेत्रका पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इन्डस्ट्रीज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले २०७२ माघदेखि २०७५ वैशाखसम्मको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन्।
प्राधिकरणका अनुसार पञ्चकन्या प्लाष्टिकले रु २४ लाख ६३ हजार, पञ्चकन्या स्टिलले रु ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टले रु एक करोड ८३ लाख र श्याम प्लास्टिकले रु ४९ लाख १० हजार बक्यौता तिरेका छन्। बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको र पहिलो किस्ता तिरेपछि विच्छेद गरिएको विद्युत लाइन पुनः जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे