
काठमाडौँ ,गत जेष्ठ १२ र १३ गते मन्टेसरी एसोसिएसन नेपाल (MAN) को आयोजनामा दक्षिण एसियाली मुलुकहरूको मन्टेसरी तथा प्री स्कुलहरूको सहभागीमा २ दिने बृहत कार्यक्रमको आयोजना गरी अन्तरराष्ट्रिय संगठन साउथ एसियन मन्टेसरी एसोसिएसन SAMA को स्थापना गरियो ।
सो मुलुकहरूबाट उल्लेखनीय रूपमा सहभागीहरू उपस्थित भइ सदस्य मुलुकहरू माझ मन्टेसरी तथा प्री स्कुलहरूको आ -आफ्ना संस्कृति तथा भाषा बाहेक अन्य बिषयहरूमा एकै पाठ्यक्रमको प्रयोग गरिने, प्रयोगात्मक विधिलाई जोड दिन भविष्यमा विभिन्न कार्यक्रमहरू गरिने प्रारम्भिक निर्णयहरू गरिदै म्यान अध्यक्ष्य सुश्मा लामा तथा अन्तरराष्ट्रिय सल्लाहकार सञ्जय फिन्जो लामाद्वय सामाको संस्थापक निर्देशक रहनेगरी दुई वर्षका लागि नवौ जना भिपीको नेतृत्वमा भारतले सामाको अध्यक्षता गर्ने निर्णय गरियो ।
कार्यक्रमका प्रमुख अतिथि शन्त जेविएर्स स्कुलका प्रिन्सिपल फादर बोनीफेस टिग्गाज्यु लगायत सम्पूर्ण सहभागीहरूले अध्यक्ष्य सुश्मा लामा तथा सम्पूर्ण म्यान टिमको अथक प्रयासको सहरना गरेका थिए ।
बिशेष अतिथिहरूमा प्याब्सनका केन्द्रीय अध्यक्ष्य डिके ढुङ्गाना, नेसनल प्यासनबाट सुबाश न्यौपानेज्युको उपस्थिति थियो ।सो कार्यक्रममा विभिन्न अन्तरराष्ट्रिय मन्टेसरी प्रशिक्षकहरूद्वारा अभिमुखीकरण तालिम पनि दिइएको थियो । आगामी अन्तरराष्ट्रिय सम्मेलन २०२६ भारतमा गरिने निर्णय समेत गरियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे